Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्ड–माधवहरु राजनीतिक रुपमा दक्षिणपन्थी र सांगठनिक रुपमा अराजकतावादी बने : बादल

    प्रचण्ड–माधवहरु राजनीतिक रुपमा दक्षिणपन्थी र सांगठनिक रुपमा अराजकतावादी बने : बादल

    एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 441
    SHARES

    पोखरा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए । सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए ।

    कार्यक्रममा उनले भने–‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्‍यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्‍यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’



    बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए ।



    उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे ।

    फरक प्रसंगमा बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार