Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माधव नेपालसहित १४ सांसदलाई संसदबाट नहटाएसम्म संसद चल्न दिंदैनौ : एमाले उपाध्यक्ष

    माधव नेपालसहित १४ सांसदलाई संसदबाट नहटाएसम्म संसद चल्न दिंदैनौ : एमाले उपाध्यक्ष

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् ।

    एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको बताए ।



    उनले भने–‘एमालेले हटाएका १४ सांसदको सूचना संसदमा टाँस नगरिएसम्म एमालेले एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिंदैन । जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’



    जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको दावी गर्दै उनले भने–‘एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

    देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको उनको दावी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार