Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आर्थिक अनियमितताको आरोप लागेका सांसद श्रेष्ठ भन्छन् - मलाई फसाउन खोजियो

काठमाडौं । सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेका प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठले आफूलाई फसाइएको दाबी गरेका छन् ।

रवि लामिछाने नेतृत्वको पार्टीबाट सांसद बनेका श्रेष्ठमाथि पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको झण्डै एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । तर शुक्रबार पत्रकार सम्मेलन गर्दै ढाकाकुमारले त्यो आरोपको खण्डन गरेका हुन् । उनले सहकारीमा समस्या रहेको स्वीकार गरे । आफूलाई फसाउन खोजिएको उनको दाबी छ ।

उनले भने,‘राजनीतिमा व्यस्त भएपछि मैले गएको कात्तिक ७ गते नै साधारणसभा गरेर अध्यक्ष पद छाडेको हुँ। त्यो बेला सबै शेयर सदस्यहरुलाई संस्थाको अवस्थाबारे जानकारी गराएकै हो। अध्यक्ष छाडेपछि नयाँ कार्यसमितिलाई हरहिसाब र सम्पत्ति बुझबुझारथ गर्नुपर्ने रहेछ, त्यो चाहिँ मैले थाहै पाइन ।’

आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको श्रेष्ठले कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ । उनले नयाँ कार्यसमितिलाई सबै हिसाबकिताब बुझाएको र अब समस्या सल्टिएको पनि जिकिर गरे । तर श्रेष्ठले भने बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गरे ।

शुक्रबार नै आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताए । यता, सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरे ।

बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएपछि विवाद सतहमा आएको हो । केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहेका श्रेष्ठ एकाएक विवादमा मुछिएपछि विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077