Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घनश्याम भुसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको हो ।

बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको समाजवादीले जनाएको छ ।

कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी स्वतन्त्र चुनाव लडेका थिए।

नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो। तर उनी पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077