Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इरानमा पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड

    इरानमा पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 447
    SHARES

    एजेन्सी । बेलायती–इरानी नागरिक अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको छ ।

    अकबरीको परिवारलाई बुधबार ‘अन्तिम भेट’ का लागि कारागारमा जान भनिएको थियो । उनको पत्नीका अनुसार अकबरीलाई छुट्टै कोठामा राखिएको थियो ।



    पूर्व इरानी सहायक रक्षामन्त्री समेत रहेका अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो । उनीमाथि बेलायतका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।



    सो आरोपलाई अकबरीले निरन्तररुपमा अस्वीकार गर्दै आएका थिए । बेलायतले इरानलाई मृत्युदण्ड रोक्दै उनलाई तत्काल रिहा गर्न माग गरेको थियो ।

    तर, अकबरीलाई झुन्डाएर मृत्युदण्ड दिइएको त्यहाँको न्यायालयको आधिकारिक पत्रिका मिजानले जानकारी दिएको छ । यद्यपि, उनको मृत्युदण्डको मिति भने खुलाइएको छैन । इरानले यसै हप्ता मात्र अकबरीले आफ्नो आरोप स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार