Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुलमाथि ब्राइटनको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले पराजित गरेको हो ।

ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ ।

प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–० गोलले हराएको छ ।

प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077