Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती एयर दुर्घटना : दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

पोखरा। आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको छ भने हालसम्म ३६ जनाको शव निकालिएको छ ।

शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो ।

काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077