Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रकाशशरण महतको दाबी - कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् ।

आइतबार तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ। बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता डा महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए।

‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन्। देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ। कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077