Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटेनहममाथि आर्सनलको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ ।

टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो ।

खेलको १४ औं मिनेटमा बुकायो साकाको क्रसमा टोटेनहमका गोलकिपर ह्युगो लोसिसले आत्मघाती गोल गर्न पुगे ।

त्यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा आर्सनलले २-० गोलको जित निकाल्न सफल भयो। दोस्रो हाफमा टोटेनहमले केही राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न असफल रह्यो ।

जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। १८ खेलबाट आर्सनलको ४७ अंक छ भने दोस्रो स्थानमा म्यानचेस्टर सिटीको समान खेलबाट ३९ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077