Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काँग्रेस प्रवक्ता महत भन्छन- दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए ।

'अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक छ' उनले भने, 'जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077