Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : २४ शवको पोस्टमार्टम पोखरामै

कास्की । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका २४ जनाको पोस्टमार्टम पोखरामै हुने भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ६९ शवमध्ये पहिचान भएका २४ शवको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइन लागिएको हो ।

शनाखत भइसकेका पोखराका स्थानीय र पारिवारले सोही स्थानमा बुझ्न तयार भएका २४ शवको आज पोस्टमार्टन गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

पोस्टमार्टम सकिएसँगै शव परिवारलाई जिम्मा लगाइने अस्पतालले जनाएको छ । बाँकी शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077