Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार भएको मतदानमा उनले २९ मत पाएर बहुमत प्राप्त गरेका हुन् । सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए

यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित भएका हुन् ।

उनी बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077