Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गुन्डा नाइके अभिषेक गिरीको सरुवाविरुद्ध मोरङ कारागारमा प्रदर्शन

मोरङ । जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ ।

मंगलबार विहानबाट कारागार भित्र प्रदर्शन भएको हो । आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुवाको निर्णको निर्णय भएको थियो ।

सरुवाको निर्णय विरुद्ध कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई तत्कालै चौकीदारको जिम्मेवारी दिइएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद अवधि फागुन ३ गते सकिदैछ । २०७८ मंसिर ९ गते गिरीलाई मोरङ कारागार ल्याइएको थियो । उनलाई मोरङ ल्याउने निर्णयको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । उनको सरुवाको विरोधमा पनि प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077