Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने

मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् भने एकीकृत समाजवादीको ७ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077