Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समाधान भयो नेपाल टेलिकमको अवरुद्ध सेवा

काठमाडौं । केही समय अघि नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ।

टेलिकम प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीको नेटवर्कमा १५ देखि २० मिनेट मात्रै समस्या देखिएको हो।

उनका अनुसार नेटवर्क प्रयोगकर्ताहरू एकैपटक बढेका कारण समस्या लामो समय देखिएको हो। आज दिउँसोको १२ बजेदेखि टेलिकम नेटवर्कमा समस्या देखिएको थियो।

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077