Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराँतीले गरे पद बहाली, भन्छन् – हवाई सुरक्षामा कडाइ आवश्यक छ, आजैबाट काम गर्छु

काठमाडौं । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पद बहाली गरेका छन् ।

सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै किराँतीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् ।

आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए ।

मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे ।

त्यस्तै, पर्यटन मन्त्रालयमा कर्मचारी दरबन्दी कटौती गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने पहिलो निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077