Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीद्वारा उपसभामुख चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

उपसभामुखको लागि मंगलबार भएको निर्वाचनमा चौधरी निर्वाचित भएकी थिइन् ।

सत्ता साझेदार दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी चौधरीको पक्षमा २८ मत परेकाे थियो । एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाएसँगै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077