Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेवामा समस्या आएको भन्दै नेपाल टेलिकमले माग्यो माफी

काठमाडौं । नेपाल टेलिकमले गत मंगलबार भएको सेवा अवरुद्धबारे जानकारी दिएको छ।

कम्पनीका केही उपकरणमा समस्या आउँदा मंगलबार १२ बजेदेखि केही समय अवरुद्ध हुनपुगेको र तत्काल समस्या समाधान गरिएको टेलिकमले जनाएको हो।

हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केहीबेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ ।

तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गइ नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077