Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारत विरोधी लडाकुलाई राष्ट्र संघले दियो 'विश्वकै खतरनाक आतंककारी'को संज्ञा

एजेन्सी । संयुक्त राष्ट्र संघले एकजना भारत विरोधी लडाकुलाई 'विश्वकै खतरनाक आतंककारी'को संज्ञा दिएको छ ।

पाकिस्तानमा समातेर राखिएका अब्दुल रेहान माक्कीलाई संयुक्त राष्ट्र संघले दोस्रोपटक आतंककारीको संज्ञा दिएको हो ।

सन् २००८ मा भारतको मुम्बईमा १६६ जना मानिसको ज्यान जानेगरी भएको आतंककारी हमलाका लागि माक्की जिम्मेवार रहेको बताइएको छ । माक्कीकोबारे संयुक्त राष्ट्र संघले गरेको टिप्पणीको भारत सरकारले स्वागत गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले इस्लामिक मुलुक आफैँ पनि आतंकवादको शिकार भइरहेको तथा पाकिस्तानले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रियस्तरमा आतंकवादविरुद्धका प्रयासहरूमा सहयोग र समर्थन गर्ने बताएको छ ।

उनलाई सन् २०१९ मा पाकिस्तानको पन्जाब प्रान्तमा गिरफतार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077