Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटनमन्त्री किराँतीद्धारा त्रिभुवन विमानस्थल अवलोकन, भने - म्युजिकसहितको सफा शौचालय बनाऔं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

बिहीबार बिहान उनले काठमाडौंस्थित विमानस्थलको अनुगमन गरेका हुन्। उनले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिए।

मन्त्री किराँतीले भने, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन। अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिन्छ। राम्रो गीत बजेको शौचालय र राम्रा फोटो देखिने शौचालयमा अझ बसुँबसुँ लाग्ने ।’

विमानस्थलको शौचालयले सन्देश दिने उनको भनाइ थियो। विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने उनले बताए। मन्त्री किराँतीले शौचालय सफा अभियान सुरू गर्न लागिएको बताए।

उनले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताए। उनले यात्रुका झोलाहरू हराउने र कैंचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077