Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक सुरु, सभामुखको निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो ।

आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।

न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077