Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपसभामुखको निर्वाचन माघ ७ गते हुने

    उपसभामुखको निर्वाचन माघ ७ गते हुने

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ ।

    सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।



    ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए।



    बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्।

    उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्। उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार