Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कार दुर्घटनाको तीन दिनपछि फेला खत्रीको पर्‍यो शव

काठमाडौं । चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ। बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तलकार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको हो ।

सोमबार साँझ कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै बा ५ च ५६५४ नम्बरको कार खसेको थियो। सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो। दुर्घटनामा अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

दुर्घटना भएपछि स्थानीयले देखेर कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो। उनलाई अहिले थप उपचारको लागि ट्रमा सेन्टरमा पठाएको छ।

राजकुमार भने बेपत्ता थिए। बेपत्ता भएका राजकुमारको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली खटिएको थियो। प्रहरीले र्‍याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो। सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077