Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : ४६ शवको फरेन्सिक परीक्षण सकियो, ३४ शव आफन्तले बुझे

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घनामा मृत्यु भएकामध्ये ४६ जनाको शवको फरेन्सिक परीक्षण सकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अस्पताल पुर्‍याइएका ७१ मध्ये २४ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र २२ जनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक परीक्षण गरिएको हो ।

परीक्षण सकिएकामध्ये बिहीबार दिउँसोसम्म ३४ जनाको शव परिवारलाई बुझाइएको छ । विमानमा सवार ७२ जनामध्ये एकजनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको छ । आज पनि बिहानै देखि हराइरहेका यात्रुको खोजी जारी रहेको छ ।

६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077