Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटनहमविरुद्ध सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई पराजित गरेको छ । आज बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अङ्क जोडेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अलभारेज, एर्लिङ हाल्यान्डले एकएक र रियाद महरेजले दुई गोल गरे ।

टोटेनहम तर्फबाट डेजन कुलासेभाकी र इमर्सन रोयलले गोल गरे । जितसँगै सिटीको १९ खेलमा ४२ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

२० खेल खेलेको टोटेनहम ३३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077