Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री राजकुमार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रदेश सभालाई विश्वासको मत लिने सूचना पेश गरेको थियो।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई सत्ता साझेदार दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077