Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ

    नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 489
    SHARES

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रतिनिधिसभामा बिहीवार सभामुख चुनिएका घिमिरेले शीतल निवासमा शुक्रवार विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    बिहीवार मत विभाजन हुँदा घिमिरेले १६७ मत पाएका थिए । उनको विपक्षमा १०० र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो ।



    सभामुखको शपथअघि घिमिरेले एमालेसँगको दलीय आबद्धता त्यागेका थिए । सभामुख भएपछि सम्बन्धित दलबाट राजीनामा दिने प्रचलन छ ।

    घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार