Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

मन्त्री गिरीले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका हुन् ।

उनले वर्षमानकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन्।

वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् । उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077