Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

    रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 591
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    रास्वपाकी सांसद शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरिएको हो।



    रास्वपाको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।



    सत्ता साझेदार दलको तर्फबाट रानामगर उपसभामुखको उम्मेदवार भएपछि नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

    उम्मेदवारको नामावली पनि शुक्रबार साँझ प्रकाशित गरिनेछ। मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार