Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • नवनिर्वाचित उपसभामुख इन्दिराको वाचा – पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउँछु

    नवनिर्वाचित उपसभामुख इन्दिराको वाचा – पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउँछु

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।



    उनले विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्युहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताइन् ।



    उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन्

    नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार