Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सोबिता गौतमको संसदमा पहिलो सम्बोधन, भनिन् - संसदमा नयाँ पालुवा पलाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेकी छिन् ।

उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहनुभएकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी हुन् ।

‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुसारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु सुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो’, गौतमले भनिन् ।

उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077