Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेससँग लभ गरेर प्रधानमन्त्री प्रचण्डले अर्कैसँग लगनगाँठो कसे : राजकिशोर यादव

    मधेससँग लभ गरेर प्रधानमन्त्री प्रचण्डले अर्कैसँग लगनगाँठो कसे : राजकिशोर यादव

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठूला दलका नेताहरूको स्वार्थका कारण देशको विकास हुन नसकेको बताएका छन्।

    शनिवार संसदमा बोल्दै यादवले जनप्रतिनिधिहरू बोल्नमा अन्य कुनै मुलुकभन्दा कम नभएको बताएका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभुतपूर्व मत पाइरहँदा उनीमाथि निकै विश्वास जागेको तर प्रचण्ड प्रचण्डको रूपमा नरहेर पुष्पकमल दाहाल बनेको त होइन भनी आशङ्काहरू भइरहेको उनले टिप्पणी गरे ।



    यादवले भने, ‘कुनै दिन सिरहाका जनताले प्रचण्डलाई जिताइदिए। प्रचण्डजी लभ मधेससँग लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो। अहिले लगनगाठो अर्कैसँग गाँसेर रमाइरहनुभएको छ। यसरी हामी कहीँ पुग्दैनौं।’

    सदनमा वैचारिक बहस हुनुपर्ने भन्दै सांसद यादवले यहाँ नाकको भइरहेको लडाइँलाई तीन करोड जनताले नियाली रहेको धारणा उनले राखे ।

    यादवले आर्थिक, सुशासनको बहस गर्नुपर्नेबेला ठूला दलका शीर्ष नेताहरूले स्वार्थपूर्ण लडाईँ लडिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार