Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली समर्थितहरूको विजयबाट संविधानमाथि खतरा बढ्यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संविधानमाथि खतरा रहेको बताएका छन् ।

उपसभामुख निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका सांसद समेत रहेका महतले यस्तो बताएका हुन् ।

महतले भने,'संविधान रक्षाको कुरा गरेकाले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ । हिजो उहाँले संविधान रक्षाका लागि भनेर गठबन्धन गर्नुभएको थियो,उहाँ पुरानो गठबन्धन छाडेर जानुभयो ।

अहिलेको परिवेशमा संविधानमाथि केपी ओलीजीबाट झन् खतरा बढेको छ । संसद् विघटनको कुरा उहाँले प्रमुख विषय बनाउनुभएको छ ।

संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनुभएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्त्वपूर्ण घडी छ ।'

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी गरेको छ । महतले केपी ओलीको समर्थन भइरहेका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको बताए ।

उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077