Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतीयलाई नेपाली नागरिकता दिने वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश

काठमाडौं । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि सर्जमिनमा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ ।

सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका– ३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

केही वर्षदेखि मामाघर डाक्नेश्वरी बस्दै आएका भारत बिहार राज्यको मधुवनी जिल्लास्थित फुलपरासनिवासी धीरज मुखियालाई नागरिकता बनाइदिन गत ८ पुसमा फुलियादेवी मुखियाले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेकी थिइन् ।

नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछ गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप गरेको थियो ।

अनुसन्धानकै क्रममा पक्राउ परेका दुवैलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको छ भने हाल फरार
रहेका वडाध्यक्ष र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077