Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हालान्डको ह्याट्रिकमा सिटीको सहज जित

एजेन्सी । इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले उल्भ्समाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई सहज जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गरे ।

जितसँगै सिटी २० खेलमा १४ जित तीन बराबरी र तीन हारको नतिजासहित ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पराजित उल्भ्स १७ अंकसहित तालिकाको १७औं स्थानमा छ । शिर्ष स्थानमा ४८ अंकसहित आर्सनल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077