Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता महरले भने -विधानविपरीतका पदाधिकारी बैठकको अर्थ छैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसभित्र विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भएकोप्रति आपत्ति जनाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक निरन्तर धकेल्दै आफ्नै निवासमा पार्टी पदाधिकारी बैठक राखेपछि नेता महरले असन्तुष्टि पोखेका हुन् ।

महरले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसमा विधान विपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ । विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन ।

केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ? भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको छ । सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारी सहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ ।

सरकारमा स्वार्थ बाँझिएका र विभिन्न काण्डमा जोडिएको व्यक्तिहरु बसेका छन । तिनीहरुको भण्डाफोर गर्न काँग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ ? हामी किन बोलिरहेका छैनौं ?’

विचार समूहका नाममा आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि अर्थ नहुने उनको भनाइ छ । विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान ढिलो गर्न नहुने उनको मत छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077