Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • १३ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

    १३ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 801
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबारको कारोबारमा गिरावट आएको छ। सोमबारको कारोबारमा बजार १३.७१ अंकले घटेको हो।

    दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् ।



    कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ ।

    आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार