Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१३ अंकले घट्यो सेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबारको कारोबारमा गिरावट आएको छ। सोमबारको कारोबारमा बजार १३.७१ अंकले घटेको हो।

दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ ।

आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077