Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केनको निर्णायक गोलमा टोटेनहमको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले फुलहममाथि जित निकालेको छ ।

क्राभेन कटेन स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ०-१ गोलअन्तरले जित निकालेको हो ।

टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा गोल गरेका थिए ।

जितसँगै २१ खेलबाट ३६ अंक जोडेको टोटेनहम अंकतालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको फुलहम तालिकाको सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077