Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता, दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका

    जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता, दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 549
    SHARES

    एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताएका छन् ।

    जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गरेका हुन् ।



    यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाले बताए ।



    प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताए ।

    १२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार