Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्काको नाममा ट्रायल दिने २ जना पक्राउ

    अर्काको नाममा ट्रायल दिने २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 444
    SHARES

    फाइल तस्विर

    मोरङ । प्रहरीले अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।



    उनिहरुलाई सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरबाट पक्राउ गरिएको हो ।



    षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार