Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

एजेन्सी । अमेरिकाकाे क्यालिफाेर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएकाे छ।

साेमबार उत्तरी क्यालिफाेर्नियाकाे हाफ मून बे शहरकाे दुई फरक ठाउँमा उनले गाेली प्रहार गरी सात जनाकाे ज्यान लिएका हुन्।

एसियालीहरूकाे बसाेबस रहेकाे क्यालिफाेर्नियाकाे माेनटेरी पार्कमा भएकाे एक अर्काे गाेलीकान्डमा ११ जनाकाे मृत्यु भएकाे २ दिन पनि नबित्दै याे अर्काे गाेलीकान्ड भएकाे हाे।

यस घटनामा संलग्न आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरिसकेकाे छ। घटनाकाे २ घण्टापछि नै उनी आफै प्रहरीकाेमा आत्मसमर्पणका लागि गएका थिए।

आक्रमणकारी चावाे छुन्ली नाम गरेका ६७ वर्षिय स्थानीय रहेकाे बताइएकाे छ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले गोली काण्डका यी घटनालाई ‘त्रासदीमाथि त्रासदी’ भनेर टिप्पणी गरेका छन् ।

पहिलो गोलीकाण्डमा घाइते भएकाहरुलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उनले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077