Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको क्यान्टिनमा माननीयहरुलाई खाने ठाउँ छुट्टै

काठमाडौं । संघीय संसद् भवन‚ नयाँ बानेश्वरको क्यान्टिनमा सांसदहरूका लागि छुट्टै कक्ष बनाइएको छ ।

यसअघि संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा खानपिनका लागि सबैलाई एउटै हलमा व्यवस्था थियो ।

तर अहिले त्यो हललाई आधा बारेर सांसदहरुका लागि भने छुट्टै स्थान बनाइएको छ । जसको ढोकामा ‘माननीय सदस्यज्यूहरू मात्र’ लेखेको स्टिकर टाँसिएको छ ।

त्यो स्थलमा बसेर सांसदहरुले मात्र खान पाउँछन् । संसदका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा पाहुनाले भने त्यो स्थलमा गएर खान पाउँदैनन् ।

अघिल्लो संसदको कार्यकाल सुरु हुँदा पनि माननीयहरुका लागि अलग्गै स्थान बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077