Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेशमा राज्यमन्त्री नबनाउने मुख्यमन्त्री जम्मकट्टेलको घोषणा

काठमाडौं । बागमती प्रदेशका मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदलले ११ मन्त्रालय कायम रहने गरी आज मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष प्रतिवेदन बुझाएको छ।

कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई ११ मन्त्रालय कायम राख्न सुझाव सहितको प्रतिवेदन बुझाएको हो।

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो कार्यकालमा राज्यमन्त्री नियुक्त नगरिने बताएका छन् ।

विगतमा १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाउँदा धेरै आलोचना भएको स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले ११ जना मन्त्री मात्रै नियुक्त हुने जानकारी दिएका छन् ।

उनले बुधबार गठबन्धनभित्र भागवण्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । गठबन्धनको बैठक आज दिउँसो बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077