Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, विश्वासको मत लिने दिन अनिश्चित

कैलाली । बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् । दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो ।

तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077