Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफन्तले आचार्यको शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने आफैं अस्पताल पुगे

    आफन्तले आचार्यको शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने आफैं अस्पताल पुगे

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 678
    SHARES

    काठमाडौं। मंगलबार दिउँसो आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवार र आफन्तहरू शव जिम्मा नलिएपछि गृहमन्त्री रवि लामिछाने बुधबार दिउँसो कीर्तिपुर अस्पताल पुगेका हुन्।

    शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नुपर्ने आफन्तको भनाई थियो। मृतक आचार्यका मामा बसन्त भट्टराईका अनुसार मृत्युपछि सरकारको तर्फबाट पहल गर्न आग्रह गरिएको थियो।



    स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल भएको तर कुनै जवाफ नआएको उनले बताएका थिए।



    लगत्तै, केहीबेर अघि गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेका हुन्।

    हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार