Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृहमन्त्री आफैं अस्पताल पुगेपछि आफन्तले जिम्मा लिए आचार्यको शव

    गृहमन्त्री आफैं अस्पताल पुगेपछि आफन्तले जिम्मा लिए आचार्यको शव

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन्।

    सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि आफन्तले शव जिम्मा लिएका हुन्। सरकारले सम्बोधन नगरेको भन्दै आफन्तले बिहानैदेखि शव बुझ्न मानेका थिएनन्।



    गृहमन्त्री रबि लामिछाने किर्तिपुरस्थित किर्तिपुर अस्पताल पुगेर मृतकका आफन्त भेटेपछि परिवारले उनको शव बुझेको हो ।



    मृतक प्रेमप्रसादको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।

    आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार