Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता श्रेष्ठ

    सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी हुन् ।



    उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’



    यद्यपि छलफलका क्रममा आफूहरुको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन् । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए ।

    उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार