Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशका चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका छन् । कर्णाली प्रदेशमा नियुक्त भएका मुख्यमन्त्री बाहेकका ६ जना मन्त्रीमध्ये चार जनाले शपथ लिएका हुन्।

बुधबार प्रदेश प्रमुखले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अरू दुई जना आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाहीले पुस २८ गते नै शपथ लिइसकेका थिए ।

उनीहरूलाई पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्माले तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए।बुधबार नयाँ मन्त्री नियुक्तिसँगै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका दुई जनालाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077