Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • न्युजिल्यान्डमा हिपकिन्स बने नयाँ प्रधानमन्त्री

    न्युजिल्यान्डमा हिपकिन्स बने नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 462
    SHARES

    एजेन्सी । ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बनेका छन् ।

    नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।



    ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ ।



    ज्यासिन्डा गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार