Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गुण्डा नाइके गिरीको माग अनुसार उच्चले दिएन आदेश, भीमफेदी कारागार सरुवा गर्ने बाटो खुला

मोरङ । उच्च अदालत विराटनगरले जिल्ला कारागार मोरङका चौकीदार गुण्डा नाइके अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतका न्यायाधिश रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले गिरीले माग गरे बमोजिमको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेका हुन् ।

आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतले अन्तरिम आदेश नदिएपछि उनलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।

कारागारका चौकीदारलाई कारागारबाट बाहिर हिँड्न छुट हुन्छ । विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने निर्णय भएको थियो ।

कारागार व्यवस्थापन विभागको लिखित निर्देशनसहितको पत्र माघ १ गते विराटनगर आइपुगेको थियो। सोही बमोजिम उनलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको थियो।

[insert page='191516' display='yopanipadhnuhos.php']

तर, सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरीले निर्णय बदर गर्न माग गर्दै केही कैदीबन्दीलाई उचालेर कारागारमै विरोध प्रर्दशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077